यस पूर्वाधार विकास कार्यालय, नुवाकोट वि.सं. २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत रहने गरी नुवाकोट जिल्ला भित्रका सार्वजनिक सडक (प्रदेश द्रुतमार्ग, प्रदेश लोकमार्ग, प्रदेश मार्ग, प्रदेश शहरी मार्ग तथा अन्य परिवहन मार्ग) र सडकपुल तथा लामो दुरीको (१२० मिटर भन्दा लामो) झोलुङ्गेपुल जस्ता यातायात पूर्वाधारहरूको विकास गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो। यस कार्यालयको मुख्य भूमिका भनेको सडक पूर्वाधारहरू जस्तै सडक, सडकपुल, लामो दुरीको झोलुङ्गेपुल (१२० मिटर भन्दा लामो) हरूको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन एवं निरीक्षण गर्नु हो।